कार्तिक १३ मा परिवार, पोस्टरमा कामेश्वर महिला र लक्ष्मी पुरुष

काठमाडौं । रे अफ आर्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘परिवार’ आगामी कार्तिक १३ गते प्रदर्शन हुने भएको छ । मदन थापाको निर्देशन रहेको यो फिल्मले सोमबार फस्टलुृक सार्वजनिक गर्दै रिलिज मिति पनि बाहिर ल्याएको हो ।

फिल्मको पोष्टरमा अभिनेता कामेश्वर चौरासियालाई महिला र अभिनेत्री लक्ष्मी बर्देवालाई पुरुषको भेषमा देखाइएको छ । फिल्ममा विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापा लगायतका कलाकारहरुको पनि अभिनय छ ।

फिल्ममा प्रेम थापा र गणेश उपाध्यायको लेखन, निरज कँडेलको डीओपी, विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन, एनबी महर्जनको एक्सन छ । रमेश शाही निर्माता रहेको फिल्ममा कैलाश रावल कार्यकारी निर्माता र आरम्भ रिजाल सह–निर्माताको रुपमा छन् ।

शाही फिल्म प्रोडक्सन र विशआई फिल्मस्सँगको सहकार्यमा यो फिल्म निर्माण भएको हो । ‘‘कहिले श्रीमान्को वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ नामक थिममा यो फिल्ममा बनेको छ ।