६ स्रष्टालाई संगीत नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ६ स्रष्टालाई ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ बाट पुरस्कृत गरेको छ । पाँच दशक लामो समयदेखि नेपाली संगीत, लोक नृत्य, लोक नाटक, गायन, तथा लोक गायन क्षेत्रमा योगदान पु¥याएका उनीहरुलाई पुरस्कृत गरिएको हो ।

राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुनले गीतकार किरण खरेल, बाद्यबादक एवम् शास्त्रीय संगीतकार पुष्परत्न तुलाधर, लोकगीत संकलन एलपी (लक्ष्मीप्रसाद) जोशी, अभिनेत्री एवम् नृत्य कलाकार सुभद्रा अधिकारी, नाटक अनुसन्धानकर्ता प्रा डा रामावतार यादब, नाट्यकर्मी मदनदास श्रेष्ठलाई पुरस्कृत गरे । उनीहरुलाई जनही एक लाख एक रुपैंयाँ र ताम्रपत्र प्रदान गरिएको थियो ।

उपराष्ट्रपति पुनले कार्यक्रममा पाँच दशक भन्दा लामो समयदेखि संगीत, नाट्य, अभिनय, नृत्य, गायन, गीतलेखन, बाद्यबादन क्षेत्रमा सक्रिय श्रष्टाहरुलाई संगीत तथा नाट् प्रज्ञा प्रतिष्ठानका तर्फबाट श्रष्टा परिचयपत्र प्रदान गरे ।