सेक्स भर्सेज क्राइम थिममा चक्कर ट्रेलर

काठमाडौं । फिल्म ‘चक्कर’को अफिसियल ट्रेलर रिलीज भएको छ । अनुष्क रौनियारको निर्देशनमा बनेको फिल्मको शुक्रबार ट्रेलर रिलिज गरिएको हो । फिल्म साउन ४ गतेबाट रिलिज हुँदैछ ।

सार्वजनिक ट्रेलरमा लिड कलाकारद्वय एभोनराज उप्रेती र अर्पण थापाको द्वन्द्व देखिन्छ भने अभिनेत्रीद्वय सिर्जना सुब्बा र स्मृति पोखरेलको इन्टिमेट दृश्यसमेत जोडिएको छ । फिल्मको थिम सेक्स भर्सेज क्राइम हो । फिल्मको सम्पादन निर्देशक रौनियारले नै गरेका छन् । रविन आचार्यको निर्माण तथा छायांकनमा तयार फिल्ममा संगीत संगम पन्त र पुष्प पलाञ्चोकेको छ ।

राजधानीमा आयोजित कार्यक्रममा निर्देशक अनुष्कले क्राइम ड्रामा तथा सस्पेन्स थ्रिलर जनरामा फिल्म बनेको बताए । नियमित रुपमा बन्दै आएका नेपाली फिल्महरु भन्दा केहि पृथक बाटोमा रहेर फिल्म बनाएको उनले बताए । अभिनेत्री ऋचाले केहि फरक स्वाद पस्किने फिल्म बनेको र आफुले पहिलो पटक प्रहरीको भुमिका निभाएको भन्दै दर्शकलाइ मन पर्ने खुराकमा फिल्म बनेको बताइन् ।