अंकल शब्द रुचाउँदैनन् सलमान

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान आफ्नो फिटनेस र बडीबिल्डिङका लागि विश्वभर प्रख्यात छन् । वर्तमान अवस्थामा बलिउडमा काम गर्ने सबै युवा अभिनेता उनलाई आफ्नो आदर्श मान्छन् र ‘भाइजान’ भनेर बोलाउँछन् । सलमानको उमेर ५० को उकालो लागिसकेको छ । यो उमेरमा उनलाई कसैले ‘अंकल’ भनेर बोलायो भने उनी त्यो ‘अंकल’ शब्दलाई रुचाउँदैछन् ।

आजकल सलमान टेलिभिजन शो ‘दशका दम’ होस्ट गरिरहेका छन् । शोको सुटिङका बेला सलमानलाई कति महिलाहरु आन्टी भनेर बोलाउँदा रिसाउँछन् भनेर सोधिएको थियो । ‘यदि मलाई कोही मान्छेले ‘अंकल’ भनेर बोलाए भने म त्यो शब्द सुनेर रिसाउँछु । अंकल शब्द प्रति मलाई घृणा लाग्छ ।’ उनले भनेका छन् ।

सलमानका अनुसार एकपटक उनले आफ्नो साथीको सन्तानलाई आफूलाई अंकल भनेर नबोलाउन आग्रह गर्दा उनलाई त्यो सन्तानले उल्टै रमाइलो किसिमले अंकल भनेका थिए । ‘यदि मलाई फेरि अंकल भनेर बोलायौ भने म तिमीसँग बोल्दिन भनें । यो घटनापछि उक्त बच्चाले अहिलेसम्म मलाई अंकल भनेको छैन ।’ सलमानले सम्झिएका छन् ।