दयाहाङ भन्छन्, ‘भैरे मेरै टाइपको फिल्म’

काठमाडौ । हरेक फिल्ममा फरक चरित्र लिएर प्रस्तुत हुने अभिनेता दयाहाङ राई आगामी साउन ४ गतेबाट हलमा दर्शकमाझ ‘भैरे’ बनेर झुल्किदैछन । एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘भैरे’मा दयाहाङ शीर्ष चरित्रमा छन् ।

उनले फिल्म आफ्नै टाइपको बनेकाले पनि ‘भैरे’ लाई छोड्न नसकेको बताए । ‘भैरेको कथा मन पर्यो अनि छाड्न सकिन । यो मेरो टाइपको फिल्म बनेको छ,’उनले भने‘यो कुनै ठाउँ विशेषको कथा हो भन्ने छैन । नेपालभरीको एक प्रतिनिधि गाउँमा सुटिङ गरिएको छ, जुन मुस्ताङ र अपरमुस्ताङमा खिचिएको छ ।’ उनले निर्देशक एभरेष्ट सूर्य बोहरा ’मेन स्ट्रिम स्कूलिङ’ बाट आएकाले उनले फिल्ममा पनि त्यही स्कुलिङलाई प्रयोग गरेको बताए ।

यो फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, सिन्धु पौडेल र कुमार बस्नेत फिल्मका सह–निर्मातामा छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् ।

सूर्य थोक्करको द्वन्द्व रहेको यस फिल्ममा वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बःनेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ ।