तारक मेहताका हंसराज रहेनन्

मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजनको प्रख्यात कमेडी शो ‘तारक मेहताका उल्टा चश्मा’मा डा. हंसराज हाथीको भूमिकामा अभिनय गर्ने कलाकार कविकुमार आजादको आकस्मिक निधन भएको छ । मोटा ज्यानका कविकुमारको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार अनुसार उनको तिनदिन अघिदेखि स्वास्थ्यमा समस्या आएको थियो । बिरामी भएपछि अस्पताल भर्ना गरिएका उनलाई गए राती कोमामा राखिएको थियो । उनलाई मीरारोडस्थित वोकहार्ड हस्पिटलमा भर्ना गरिएको थियो ।

उनको निधनको खबर सार्वजनिक हुनासाथ फिल्म सिटीमा छायांकन भइरहेका सिरियल तथा फिल्मको काम रोकिएको छ । कविकुमारलाई टेलिभिजन क्षेत्रमा हँसमुख र इमान्दार कलाकारका रुपमा चिनिन्थ्यो । उनले आमिर खानको फिल्म ‘मेला’ र ‘फन्टूस’लगायत कैयौं फिल्ममा काम गरेका थिए ।