दिलिप र जयकिशन श्रीमति पीडित !

काठमाडौं । आगामी साउन २५ गते रिलिज हुने फिल्म ‘पिरिम पर्या छन्’ को ट्रेलर सार्वजनिक भएको छ । पुरन थापाको लेखन, निर्माण र निर्देशनमा बनेको कमेडी फ्लेबरको फिल्मको ट्रेलरमा नायकद्वय जयकिशन बस्नेत र दिलिप रायमाझी श्रीमति पीडित भएपछि ‘तरुनी’ खोज्न सहर पसेको कथाबस्तु देखाइएको छ ।

ट्रेलरमा दिलिप रायमाझी, जयकिशन बस्नेत, शुभेच्छा थापा, सुवास मेचे, रमेश बुढाथोकी, शोभित बस्नेत, राजाराम पौडेल, चाँदनी कोइराला, उमा कार्की, लय संग्रौला, पुरन थापा, सुरवीर पण्डितले फिचरिङ गरेका छन् । माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको फिल्ममा विमल ढकालको छायांकन, विकास चौधरी र विनोद भुजेलको संगीत र बाबु बलामीको द्वन्द्व छ । फिल्मलाई सुनील मानन्धर र रोहित–रत्नले बितरण गर्दैछन् ।

यसअघि कमेडी फिल्म ‘कान्छी मट्याङ ट्याङ’ निर्माण गरेका पुरन ‘पिरिम पर्या छन्’ प्रदर्शनपछि अर्काे फिल्म ‘फेरि फेरि’ दर्शक माझ ल्याउने योजनामा छन् । ‘फेरि फेरि’ मा अर्पण थापा र ऋचा शर्मा मूख्य भूमिकामा छन् ।