टिनएजको मेरी छोरी सार्वजनिक

काठमाडौं । आगामी साउन २५ देखि रिलिज हुने फिल्म ‘टिनएज’को गीत ‘मेरी छोरी’ सार्वजनिक भएको छ । गीतमा राजेशपायल राई, टिका प्रसाई र दर्शना महर्जनको स्वर छ । हरि उप्रेतीको शब्द रहेको गीतमा विकास चौधरीको संगीत छ ।

दिनेश पाख्रिनको निर्देशन रहेको फिल्ममा टिनएज उमेरका युवापुस्ताको वास्तविक कथा समेटिएको छ । फिल्ममा नरेशवीर सिंह, एन्जीला खड्गी, प्रतिक्षा खड्का, सरोज शाह, कृष्ण शिवाकोटी, सरिता राजउप्रेती, निर्मल स्याङतान, रेशम फिरीरी लगायतका कलाकारको अभिनय छ ।

हेलेन पाख्रिन फिल्मसको व्यानरमा हेलेन पाख्रिन प्रस्तुतकर्ता रहेको फिल्ममा वीरु मगर, बुद्धिमान स्याङतान, चिनिमाया पाख्रिन र देबिका खड्गीको लगानी छ ।