चर्चा बटुल्दै माई बेस्ट फ्रेन्ड

काठमाडौं । साकेवा मुभिजको ब्यानरमा ज्योतिराज राई प्रस्तुतकर्ता र रमु श्रेष्ठ राई निर्माता रहेको वेभ सिरिज ‘माई बेस्ट फ्रेन्ड’ले युट्युबमा राम्रो चर्चा बटुल्दै गएको छ । प्रदेश एकको झापा जिल्लाका स्थानीय कलाकारहरुको अभिनय रहेको यो सिरिज झापाकै स्टन मिडियाले निर्माण गरिरहेको छ ।

प्रस्तुतकर्ता ज्योतिराजले मोफसलमा रहेका स्थानीय प्रतिभाहरुलाई अगाडि ल्याउनको लागि सिरिज निर्माण गरिएको बताए । सिरिजको हालसम्म नौ भाग युट्युबमा आइसकेको छ । ‘मैले आफ्नो फाइदाका लागि भन्दा पनि मोफसलका प्रतिभालाई प्रोत्साहन गर्न सिरिज बनाएको हुँ,’उनले भने, ‘मोफसलमा रहेका भाइबहिनीहरुको प्रगति नै मेरो सन्तुष्टि हो । उनीहरुलाई यसरी अवसर दिन पाउँदा आफुलाई सबै भन्दा धेरै गर्व महशुस भएको छ ।’ साकेवा मुभिजको अफिसियल युट्युबबाट सार्वजनिक भइरहेको भुवन सिंह राईको कथा तथा निर्देशन छ । सिरिजमा प्रयास घिमिरेको पटकथा तथा संवाद, किरण राईको छायांकन तथा सम्पादन छ ।

अनिस श्रेष्ठको संगीत रहेको सिरिजमा भुवनसिंह राई, रोस्मिता श्रेष्ठ, प्रयास घिमिरे, सलिना गुरुङ, सुरेस राई, मेघा लिम्बु, सिला राई, युनिसा अधिकारी, स्मृति पोख्रेल, अन्जान राई, विवेक विष्ट, शारदा राई, सागर थापा मगर, सञ्जय श्रेष्ठ, नवीन बास्कोटा, निर्मल खड्का, शेखर राई, अन्जान राई, विवेक विष्ट, निर्मल खड्काको अभिनय छ ।