सामाखुशीमा करण र पूर्णको लेकाली स्टुडियो

काठमाडौं । राजधानीको सामाखुशीमा लेकाली रेकर्डिङ स्टुडियो संचालनमा आएको छ । करण थापा र पूर्ण बुढामगरले खोलेको सो स्टुडियो र करण फिल्मस् प्रोडक्सनको आइतबार लोकगायक राजु परियारका साथमा कानून व्यवसायी सुरज भुसाल तथा संचालक पूर्ण बुढाले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा गायक परियारले स्टुडियोको नाममै नेपाली मौलिकता रहेको इंगीत गर्दै यसबाट गुणस्तरिय गीतसंगीत उत्पादन हुने बिश्वास ब्यक्त गरे । त्यसैगरी, कानून ब्यबसायिक भुसालले नेपाली गीतसंगीत तथा चलचित्र क्षेत्रमा नयाँ खुलेको स्टुडियो र फिल्म प्रोडक्शन कम्पनीले टेवा पुर्याउने बिश्वास ब्यक्त गरे ।

करण फिल्मस्का प्रमुख करण थापाले फिल्म कम्पनी तथा रेकर्डिङ स्टुडियोमार्फत आफूहरु गुणस्तरिय सृजना पस्कने प्रयत्नमा रहेको बताए ।