भदौमा मिस टुरिजम

काठमाडौं । प्वाईन्ट मिडियाले आगामी २०७५ भदौ २ गते राजधानीमा ‘मिस टुरिजम–२०१८’ नामक सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकले राजधानीमा बुधबार पत्रकारमाझ बुधबारबाटै देशभर आवेदन खुल्ला गरिएको जनाएको छ ।

मिडियाका प्रबन्ध निर्देशक नविन काफ्लेले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको बताए । प्रतियोगिताका लागि १८ देखि २५ वर्ष उमेर समुहका अविवाहित नेपाली महिलाहरुले आगामी साउन १२ गते सम्म आवेदन दिन पाउनेछन । फिनालेबाट विजेतासँगै उपविजेता पनि छनौंट हुनेछन् ।

प्रतियोगितामा शीर्ष उपाधि विजेताले ५० हजार रुपैंयाँ, फष्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार नगद पुरस्कार पाउनेछन् । पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महतले आयोजनाको तीन वर्षमै मिस टुरिजमले चर्चा बटुलेको भन्दै नेपाल पर्यटन वोर्डका विदेशमा हुने ट्राभल फेयरहरुमा मिस टुरिजमका विजेताहरुलाई सहभागी गराउन आवश्यक रहेको बताए ।