गाउँ गाउँबाट उठमा देखियो नेपथ्य

काठमाडौं । लामो समयदेखि नेपालको राजनीतिक आन्दोलन र सामाजिक जागरणका अभियानमा रुचाइँदै आइएको गीत ‘गाउँ गाउँबाट उठ’ अब नेपथ्य ब्याण्डको म्यूजिक भिडियोका रुपमा तयार भएको छ । श्यामतमोटले लेखेको ‘संकल्प गीत’ का रुपमा लोकप्रिय यस सिर्जनालाई यो ब्याण्डले एक दसकभन्दा अघिदेखि उसका हरेक जसो कन्सर्टहरुमा सुनाउँदै आएको छ ।

पञ्चायतकालमा बनाइएको यो गीत बहुदलिय व्यवस्था आउँदा पनि उत्तिकै लोकप्रिय बन्यो । फिल्म बलिदानमा पनि यो गीतलाई समेटिएको थियो । नेपथ्य ब्याण्डले आइट्युन, गुगलप्ले र स्पोटिफाइजस्ता ‘भर्चुअल स्टोर’हरुका माध्यमबाट यो गीतसार्वजनिकगरेको छ । यो गीत नेपथ्यको दशौं नयाँ एल्बममा आउँदैछ ।

यो म्यूजिक भिडियो तयार पार्नका लागि नेपथ्यले केहि समयअघि गरेको नेपाल भ्रमणका क्रममा आयोजित कन्सर्टहरुको दृश्यहरुलाई एकापसमा जोड्ने काम गरिएको छ ।