सागरको भिडियोमा म्युजिकल्ली रेश्मा

काठमाडौं । म्युजिकल्ली एपमा निकै रुचाइएकी रेश्मा घिमिरे पहिलोपटक म्युजिक भिडियोमा देखिएकी छन् । सागर राजको शब्द, स्वर, संगीत र निर्देशनमा बनेको ‘झिम झिम गर्ने परेली’ बोलको गीतको भिडियोमा उनीसँगै सागर राजलाई पनि देख्न सकिन्छ ।

रेश्मा र सागर राज नेपाली कलाकारिता क्षेत्रमा बहु प्रतिभाशाली ब्यक्तिहरु हुन् । उनीहरु भविश्यमा राम्रो कलाकारका रुपमा स्थापित हुन सक्ने देखिन्छ । लामो समयदेखि संगीत क्षेत्रमा विभिन्न विधाबाट आफ्नो क्षमता देखाउँदै आएका सागर राजको ‘झिम झिम गर्ने परेली’ बोलको गीत पछिल्लो पटक बजारमा आएको हो । यो गीतमा अहिलेसम्म बजारमा आएका गीत, संगीत र भिडियोभन्दा विल्कुलै फरक प्रस्तुती रहेको छ ।

यसअघि उनले निर्देशन गरेको म्युजिक भिडियो ‘पानी पर्यो असिना झर्यो, तिते करेली, चुम्बक, तिरिकिटिताका, जस्ता दर्शक श्रोताले निक्कै रुचाएका चर्चित गीतहरुको म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । सागर राज म्युजिक भिडियो निर्देशक मात्रै नभएर गीतकार, संगीतकार र गायक पनि हुन् । उनले लेखेका थुप्रै गीतहरु ‘कठै बरा’, ‘झालेमाले भाई’, ‘सोँचिरहेछु’ जस्ता थुप्रै गीतहरु निक्कै चर्चित छन् ।