आठ वर्षपछि सँगै अभिषेक–ऐश्वर्या

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री पत्नी ऐश्वया राय बच्चन सन् २०१० देखि फिल्ममा सँगै देखिएका छैनन् । १० वर्ष अघि फिल्म ‘रावण’मा देखिएको यो जोडी त्यसयता कुनै पनि फिल्ममा सँगै छैनन् । तर अब चाँडै यो जोडी फिल्म ‘गुलाब जामुन’मा देखिँदैछन् ।

फेन्टम फिल्मस्को व्यानरमा बन्न लागेको फिल्मको निर्माण अनुराग कश्यपले गर्नेछन् । फिल्मको निर्देशन भने कुनै नयाँ निर्देशकले गर्नेछन् । तर कसले गर्ने भन्ने निश्चित भइसकेको छैन ।

अभिषेक र ऐश्वर्या हालसम्म जम्मा ८ फिल्ममा सँगै देखिएका छन् । जसमा ‘ढाई अक्षर प्रेम के’, ‘कुछ ना कहो’, ‘उमराव जान’, ‘धूम २’, ‘गुरू’, ‘सरकार राज’ र ‘रावण’ छन् ।
ऐश्वर्या र अभिषेकले विवाह गरेको झण्डै १० वर्ष भयो । उनीहरुको आराध्या नामकी छोरी पनि छिन् । ऐश्वर्या चाँडै नै फिल्म ‘फन्ने खाँ’मा अनिल कपुर र राजकुमार रावका साथ देखिँदैछन् ।