मनको बह पोख्दै रमण

काठमाडौं । अष्ट्रेलियामा रहेका गायक रमण रेग्मीले दर्शकमाझ ‘मेरो मनको’ गीतको भिडियो ल्याएका छन् । अष्टे«लियामा छायांकन भएको भिडियोमा जीवन रसाइलीको निर्देशन छ । भिडियोमा उषा तथा ताहिर हुसैनले अभिनय गरेका छन् ।

उषाको यो पहिलो भिडियो भने अन्तर्राष्ट्रिय मोडल ताहिरको पनि यो पहिलो नेपाली गीतको म्युजिक भिडियो हो । अष्टे«लियामै बसोबास गर्ने मोडल ताहिर मिस्टर वल्र्डवाइड २०१७ का विजेता समेत हुन् ।

गीतमा हरि लम्सालको संगीत र गायक रेग्मीकै शब्द छ । बुढासुब्बा डिजिटलको आधिकारिक यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक भएको हो