कथा काठमाडौंमा हट प्रमोद–प्रियंका

काठमाडौं । आगामी असोज १२ गते रिलिज हुने फिल्म ‘कथा काठमाडौं’को पहिलो गीत ‘रातको कुरा’ सार्वजनिक भएको छ । गायिका इन्दिरा जोशीको स्वर तथा अभिनय रहेको भिडियोमा प्रमोद अग्रहरि र प्रियंका कार्कीले पनि फिचरिङ गरेका छन् । क्लब सङ भनिए पनि गीतको आधा भन्दा बढी दृश्य प्रमोद र प्रियंकाको अन्तरंगमा केन्द्रित छ ।

गीतमा प्रदिप बास्तोलाको शब्द र संगीत तथा फिल्मकी निर्देशक संगीता श्रेष्ठकै कोरियोग्राफी छ । काठमाडौलाई आफ्नो कर्मभुमि बनाएर रहिरहेका भिन्न भिन्न पात्रको कथालाई फिल्ममा यो फिल्ममा चित्रण गरिएको निर्देशक संगीताले बताइन् । फिल्ममा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ ।

आहाना फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा विजय राईको लगानी छ । फिल्ममा लुजा सिंहको छायांकन तथा मित्र गुरुङको सम्पादन छ ।