फष्टलुकमा यस्तो छ रेनी

काठमाडौं । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म ‘रेनी’को फस्टलुक सार्वजनिक भएको छ । फिल्म निर्माण पक्षले फिल्मको रिलिज मिति भदौ ८ सँगै फस्टलुक पनि सार्वजनिक गरेको हो ।

विमला मल्ल र सञ्जिव मल्लले निर्माण गरेको फिल्ममा सरोज खनाल, सुरवीर पण्डित, दीपक ढकाल, गिरिश रिजाल ‘समीप’ र नवनायिका सनम मल्लको अभिनय छ । गिरिशको निर्देशनमा बनेको फिल्ममा सनमको पटकथा तथा संवाद छ ।

काठमाडौं उपत्यका तथा कुलेखानीमा खिचिएको फिल्म एक्सन, लभ, कमेडी र सामाजिक सन्देशमूलक रहेको निर्मात्री विमलाले बताइन् । जयराम थापाको छायांकन रहेको फिल्ममा विनोद खुम्बु र पुष्कर सुनुवारको संगीत, सनम मल्ल र गुरु भुटियाको गीत, राजु किराँतको द्वन्द्व र अनिश लामाको कोरियोग्राफी छ ।