मिस नेपाल युएसएमा २१ सुन्दरी

काठमाडौं । अमेरिकामा बसोबासरत नेपाली समुदायका युवतीहरुलाई लक्षित गर्दै आयोजना हुन लागेको छैठौं संस्करणको ‘मिस नेपाल युएसए २०१८’का लागि २१ सुन्दरी छानिएका छन् । कार्यक्रमको व्यवस्थापक अमेरिका नेपाल ११ इन्टरटेनमेन्टले प्रतियोगिताका लागि विभिन्न चरणको अडिसनबाट यी सुन्दरी छनोट भएको जनाएको छ ।

टेक्सासस्थित डालस शहरमा आगामी अगष्ट १९ मा हुने प्रतियोगिताका लागि अदीति श्रेष्ठ, आइशा ओझा, एन्जिला पौडेल, वर्षा बराल, विएन्का अधिकारी, विना श्रेष्ठ, दिलाशा न्यौपाने, जया त्रिपाठी, कृति ढुंगेल, लाक्पा शेर्पा, नेलिया गुरुड, पोसा थापा, प्रवेशिका खत्री, प्रियंका तिमिल्सेना, सपना महर्जन, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृति ढुंगेल, सुशाना पोखरेल र स्विकृति भट्टराई बीच अन्तिम प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगीले हाल व्यतिmत्व विकास, नेपाली कला संस्कृति तथा पर्यटन विकास, महिला सशक्तीकरण र अधिकारलगायत विषयमा प्रशिक्षण लिइरहेका छन् । यो प्रतियोगिता सन् २०१९९ देखि अमेरिकामा आयोजना हुँदै आएको छ ।

आयोजक अमित शाहले युवतीको प्रतिनिधित्वमार्फत विदेशमा पनि नेपाल चिनाउने कार्यक्रमको उद्देश्य रहेको बताए । नेपालस्थित ई–प्लानेटको सहकार्यमा इभेन्ट प्लानेट इन्कले आयोजना गर्दै आएको प्रतियोगिताको उपाधि यसअघि बर्तिका राई, खुश्वु मिश्र, प्रियंका थपलियालगायतले जितिसकेका छन् ।