होटल र रेष्टुरेन्टको युजरनेम–पासवर्ड रामकहानी

काठमाडौं । आगामी भदौ २२ गते रिलिज हुने फिल्म ‘रामकहानी’ले फिल्म प्रमोसनमा नयाँ प्रयोग गरेको छ । फिल्म निर्माण समूहले काठमाडौंका केही रेष्टुरेन्ट र होटलमा प्रयोग हुने इन्टरनेटको युजर नेम र पासवर्डमा ‘रामकहानी’ नाम सुरक्षित राखेको छ ।

निर्देशक सुदर्शन थापाले रेष्टुरेन्ट र होटल पुग्ने ग्राहकले पासवर्ड माग्दा वेटरले ‘रामकहानी’ दिने बताए । ‘हाम्रो अभियानले दर्शकलाई फिल्मको बिषयमा कौतुहलता दिलाउनेछ ।’ निर्देशक थापाले भने ।

फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ । फिल्मको ट्रेलर साउन १७ गते रिलिज हुनेछ ।