साम्राज्ञीलाई माया सिकाउँदै आर्यन

काठमाडौं । आगामी साउन १८ गते रिलिज हुने फिल्म ‘कायरा’को दोस्रो गीत ‘यो त माया हो’ सार्वजनिक भएको छ । गीतमा नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले फिचरिङ गरेका छन् ।

फिलिपिन्समा खिचिएको गीतमा सुगम पोख्रेल र श्रेया सोताङको स्वर, नरेश भट्टराइको शब्द र कल्याण सिंहको संगीत छ । फिल्ममा लक्ष्मण रिजालको निर्देशन छ ।

फिल्ममा केदार भुषालको पटकथा तथा संवाद, शिवराम श्रेष्ठको छायांकन, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, प्रविण सिंहको कोरियोग्राफी छ । आर्यन सिग्देलकै कथा रहेको फिल्मका कार्यकारी निर्माता राजकुमार भट्ट हुन् ।