स्वस्तिमालाई फिरिरि नचाउँदै निश्चल

काठमाडौं । निर्देशक तथा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का विवाहित जोडी भन्ने सबैलाई थाहा नै छ । उनीहरु एउटै फिल्म र भिडियोमा एकसाथ अहिलेसम्म देखिएका छैनन् । यही माहौलमा गायक महेश काफ्लेले यो जोडीलाई पहिलोपटक आफ्नो गीत ‘नाच फिरिरि’लाई प्रस्तुत गरेका छन् ।

जि २१ डिजिटलको प्रस्तुती रहेको गीतमा महेश काफ्ले र मेलिना राईको स्वर छ । महेश काफ्लेको शब्द संगित रहेको गीतलाई रिकेश गुरुङ किजले म्युजिक एरेन्ज गरेका हुन् । पोखरा आसपासका बिभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा निश्चलकै निर्देशन छ ।

भिडियोमा क्रिस्टल क्लज डान्स क्रिउ र प्रकाश घिमिरेलाई पनि देख्न सकिन्छ । भिडियोमा शिवराम श्रेष्ठ र सुरज श्रेष्ठको छायांकन तथा लोकेश बज्राचार्यको सम्पादन छ ।