एञ्जिलाले मन्त्र पढ्दा नाचिन् सारिका

काठमाडौं । गायिका एञ्जिला रेग्मीको स्वरमा रहेको तीज गीत ‘मैले त मन्त्र पढे तिम्रो नामको’ को भिडियो सार्वजनिक भएको छ । हरि सुवेदी प्रस्तुतकर्ता रहेको गीतमा पारु सुवेदीको शब्द र भीम विसीको संगीत छ । हरिले निर्माण गरेको भिडियोमा सारिका घिमिरेले कम्मर मर्काएकी छन् ।

डा.घनश्याम खतिवडाको निर्देशन रहेको निक्लोस अर्यालले पनि सारिकासँग स्क्रिन शेयर गरेका छन् । ‘मैले निर्माण गरेको तीज गीतको यो पहिलो भिडियो हो, यस तीज गीतले तीजको मौलिकतालाई आत्मसाथ गरेको छ, हाम्रो प्रयासले पक्कै पनि स्रोता÷दर्शकको साथ पाउँने छ’, हरिले भने ।

भिडियोमा भगिरथ गाहा मगरको कोरियोग्राफी, बिरेन्द्र भाट विपिनको छायांकन, नविन घर्ती मगरको सम्पादन छ ।