‘कायरा युवा लक्षित फिल्म’

पोखरा । नायक आर्यन सिग्देलले आफ्नो होम प्रोडक्सनको फिल्म ‘कायरा’ युवा लक्षित फिल्म भएको बताएका छन् । शनिवार पोखरामा पत्रकारमाझ फिल्म युवाका लागि बनेको बताए । फिल्मका प्रस्तुतकर्तासमेत रहेका सिग्देलले कायरा माया, प्रेम, हासो, रोदनको समिश्रण रहेको बताए ।

‘फिल्म सन्देश भन्दा पनि मनोरञ्जनका लागि हेर्ने गरिन्छ,’ उनले भने, ‘फिल्मको डाइलगलाई युवा दर्शकहरुले रुचाएका छन् । यो फिल्म पनि युवा लक्षित छ आशा छ कथालाई मन पराउनु हुनेछ ।’ फिल्मकानिर्देशक लक्ष्मण रिजालले फिल्म प्रेम कथामा आधारित रहेको बताए । उनले पोखरा आफै पनि प्रेमील सहर भएकलो पोखरेली दर्शकहरुले कायरा रुचाउने जनाए ।

नायिका सम्राज्ञी राज्यलक्ष्मीशाहले नयाँनायकहरु सँग काम गर्नु र अनुभवीसँग काम गर्नु आकाश जमिनको भिन्नता रहेको बताइन् । ‘नयाँसँग काम गर्दा आफुले नै कहिलेकाँही सिकाउनु पर्ने जब म आफै अनुभवी भैसकेको छैन, आर्यन दाई संग कामगर्दा मैले सिक्ने मात्रै होइन धेरै अुनभव बटुल्ने अवसर पाँए,’ उनले भनिन् । आर्यन करिब २ बर्षपछि फिल्मपर्दा देखिदैछन् ।