विजयले जित्लान् ‘महाभारतको युद्ध’ ?

काठमाडौं । महाभारतको युद्ध लड्न जान लागेको लडाकु छोरालाई बाबुआमाले ‘युद्ध जितेर आएस्’ भनेर आशिर्वाद दिन्छन् । जुन आशिर्वाद पाएपछि छोरा प्रफूल्ल भएर युद्ध लड्न जान्छ । भदौ १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मिष्टर भर्जिन’को सार्वजनिक ट्रेलरमा कलाकार विजय बरालले पनि आफ्ना पितालाई फोनमा महाभारत युद्ध लड्न जान लागेको भन्दै आशिर्वाद माग्छन् । पिताले ‘दुस्मनलाई उत्तानो पारेर ड्यामका ड्याम हानेस्’ भनेर आशिवार्द दिन्छन् । विजयले गरेको महाभारतको युद्ध कस्तो हो भन्ने थाहा पाउन चाहिँ दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ ।

तीन युवाको यौन मनोविज्ञानको कथामा बनेको फिल्को ट्रेलरमा कलाकारको संवाद द्वीअर्थी लाग्ने राखिए पनि प्रत्येक दृश्य र संवादले दर्शक हँसाउछ । वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको फिल्ममा विशारद बस्नेतको डेब्यु निर्देशन छ । फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बालगायतका कलाकारको अभिनय छ ।

फिल्ममा विजय थापा, अजय पन्त, सन्तोष बोहोरा, हिरा लामा, कपिल खड्का, स्नेहा पौडेल, विशारत बस्नेत, महेश दवाडीको कथा र पटकथा, महेश दवाडीको संवाद, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, आधा सुर, मिस्टर आरजेको संगीत छ ।

फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी छन् ।