वर्षाको प्रेममा अनुप–प्रशान्तको द्वन्द्व

काठमाडौं । भदौं १ गतेबाट प्रदर्शन हुने फिल्म ‘जय शम्भु’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक ट्रेलरमा फिल्मका कलाकारद्वय प्रशान्त ताम्राकार र अनुपविक्रम शाहीको टकरावलाई देखाईएको छ । उनीहरुको टकराव चलिरहँदा ट्रेलरमा देखिएकी नायिका वर्षा शिवाकोटीप्रतिको आशक्त प्रेमलाई पनि प्राथमिकता दिइएको छ ।

एक्सनपूर्ण ट्रेलरमा वर्षाप्रति अनुप र प्रशान्तको प्रेम देखाइएको छ । अनुपविक्रम र प्रशान्त पहिलोपटक यो फिल्ममा सँगै देखिएका छन् । फिल्ममा रुपेश तामाङको निर्देशन छ । दिनेश शाही प्रस्तुतकर्ता रहेको फिल्ममा अरविन्द्रमान शाक्य निर्माता, चक्र पाख्रिन कार्यकारी निर्माता तथा कुशल शर्मा र शिक्षा काफ्ले सहनिर्माता छन् ।

फिल्ममा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य छ । फिल्ममा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राजकुमार थापा, कालु रानाको पनि अभिनय छ ।