टिनएज निर्देशकको गुनासोः मलाई सबैले हेपे

काठमाडौं । लामो समयदेखि नृत्य निर्देशनमा सक्रिय निर्देशक दिनेश पाख्रिन फिल्म ‘टिनएज’ लिएर दर्शकमाझ आउँदैछन् । उनको फिल्म आगामी साउन २५ देखि प्रदर्शनमा आउँदैछ । पुराना कलाकारलाइ लिएर उनले यस अघि केहि फिल्म निर्माण गरे पनि यसपटक उनले नयाँ कलाकार लिएर फिल्म निर्माणसँगै निर्देशन गरे ।

यस पटक विगतमा भन्दा फिल्म चलाउन धेरै कष्ट झेल्नु परेको उनको भनाइ छ । ‘फिल्मको कथाले हेर्दा टिनएज देखिने कलाकार खोज्यो । त्यसैले फिल्ममा नयाँ अनुहार राखियो । नयाँ कलाकार भए पनि आ आफ्नो क्षेत्रमा अब्बल कलाकार छन् तर पनि रिलिजको समयमा सबैले मलाई हेपे ।’ उनले भने ।

गत असोजमा रिलिज गर्ने भनेर प्रचारप्रसारमा लाखौ खर्च गरिसके पछि वितरणको जिम्मा पाएको टिमले लापरवाही गरेको दिनेशको बुझाई छ । हाल वितरणमा सरोज शर्मा र निर्देशक पाख्रिन आफैले जिम्मा लिएका छन् । तर फिल्म रिलिज पछि धेरैको घमण्ड उत्रिने उनले दाबी गरेका छन् ।

निर्देशक पाख्रिनले फिल्म हेरी सके पछि कुनै नयाँ कलाकारले काम गरे जस्तो नलाग्ने दाबी गरे । यसै साता जापानको विभिन्न शहरमा यो फिल्म प्रर्दशन हुदैछ । फिल्ममा प्रतिक्षा खड्का, नरेशवीर सिं, सरोज शाह, एन्जिला खड्गी, रेशम फिरीरी, कृष्ण शिवाकोटी, सरिता राजोपाध्यायलगायतका कलाकारको अभिनय रहेको छ ।