अमेरिकामा नविनको अनिँदो कुरा

काठमाडौं । गायक नबिन के भट्टराई आफ्नो गीति संग्रह ‘एनकेबी’को दोश्रो गीत ‘अनिदो भै रातमा’ लिएर दर्शक तथा श्रोतामाझ आएका छन् । गीत युट्युब तथा विभिन्न टेलिभिजन तथा रेडियोबाट सार्बजनिक भएको छ।

गीतको शब्द नबिना भट्टराईले लेखेकी हुन् भने संगीत नबिन आफैले दिएका छन् । गीतको संगीत संयोजन इमान बिक्रम शाहले गरेका छन् । उक्त गीति संग्रहलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।

गीतलाइ अमेरिकाको रमणिय ठाउँहरुमा खिचिएको छ। गीतमा नब कलाकार दिपेश भण्डारी तथा रोजा खड्गीको अभिनय रहेको छ । गीतको छायांकन, सम्पादन तथा निर्देशन अनुप गिरीले गरेका छन् ।