पूर्वेली भाकामा राजेशपायल र मेलिना

काठमाडौं । गायक राजेशपायल राई र मेलिना राईको स्वरमा रहेको पूर्वेली भाकामा आधारित ‘हास बोल मुखै खोलु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुमन दाहालको निर्देशनमा रहेको गीतमा मोहन दाहालको शब्द तथा सन्तोष श्रेष्ठको संगीत छ ।

इश्वर सिकेमनले छायांकन गरेको भिडियोमा सुरेश राउतको सम्पादन छ । भिडियोमा दिपासा बीसी, महेन्द्र निरौला, नेत्रप्रसाद दाहाल र सिर्जना मरासिनीलगायतका कलाकारको अभिनय छ । भिडियो सम्राट क्रिएसनले निर्माण गरेको हो ।