प्रेमकथाको प्रेमचरी घोषणा

काठमाडौं । प्रेमकथामा आधारित रहेर नयाँ फिल्म ‘प्रेमचरी’ निर्माण हुने भएको छ । बिचल किराँतीको निर्देशनमा निर्माण हुने फिल्मको शुक्रबार राजधानीमा मुर्हुत गरियो । एबीआर फिल्मस् र आइ स्टार इन्टरनेशनल फिल्मस्को व्यानरमा निर्माण हुने फिल्ममा पुस्कर रेग्मी, रेश्मा सुबेदी, सपना ओली, सञ्जय श्री र मनमोहन ठाकुर ‘दिलिप’को अभिनय रहनेछ ।

सञ्जय श्री र मोनिकाकुमारी ठाकुर निर्माता रहेको फिल्ममा चन्द्र भट्टराईको कथा, ओम सुनारको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, पवन गौतमको छायांकन र रेवन्त थापाको द्वन्द्व हुनेछ । फिल्मको छायांकन भदौ १ गतेबाट शुरु हुनेछ ।