निर्माता माधव वाग्ले धरौटीमा रिहा

काठमाडौं । नक्कली नोट प्रकरणमा गत जेठदेखि पूर्पक्षका लागि थुनामा रहेका फिल्म निर्माता माधव वाग्ले धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंमा नक्कली नोटको कारोबार गरेकोमा गत जेठ ३० पूर्पक्षको लागि थुनामा पठाएको वाग्ले २५ लाख धरौटी बुझाएर छुटेका हुन् ।

निर्माता वाग्ले जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो ।

समाचार अनुसार तीन साता लामो अनुसन्धानपछि प्रहरीले निर्माता वाग्लेसहितविरुद्ध नक्कली नोटको कारोबारमा खोटा चलनमा मुद्दा दर्ता भएको हो । निर्माता वाग्लेको कोठामा १ हजार दरका २ करोड ५२ लाख रुपैयाँ प्रहरीले फेला पारेको थियो ।
स्रोतः सेतोपाटी