अलिशा देख्दा सुसान्तले सम्झे निरमाया

काठमाडौं । गायक समीर मोक्तानको स्वरमा रहेको ‘निरमाया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भारतिय रियालिटी सो डिआईडीका नेपाली डान्सर तथा कोरियोग्राफर सुसान्त खत्री र अलिशा राईको अभिनय रहेको गीतमा डिपी खनालको रचना, शंकर थापा स्माईलको संगीत र उदयराज पौडेलले संगित संयोजन छ ।

राजिब समरले निर्देशन गरेको यस भिडियोमा अनिलकुमार मानन्धरको छायांकन, सुप्रीम पराजुलीको सम्पादन छ । सुसान्त खत्री र राजिब समरको कोरियोग्राफी रहेको भिडियोलाई डश म्युजिकले उत्पादन गरेको हो ।