आमा सम्झाउने झिंगे दाउ २ को गीत

काठमाडौं । गत असोजको २ गतेबाट रिलिजमा आएको फिल्म ‘झिंगे दाउ २’को गीत ‘आमा भए पो स्वर्ग हुन्छ घर’ सार्वजनिक भएको छ । दर्शकबाट राम्रो माउथ पब्लिसिटी पाइरहेको यो फिल्मले नयाँ गीत शुक्रबार सार्वजनिक गरेको हो ।

गीतमा कुशल बेलबासेको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत छ । गीतमा आमा घरमा हुँदा र नहुँदाको अवस्थालाई देखाइएको छ । कपनगढी सिनेमा प्रा।लि र फिल्म क्रिउ नेपाल प्रालिको व्यानरमा निर्माण भएको यो फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ ।

रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा फिल्मका सह–निर्माता हुन् । विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ । फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन् ।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारहरुको अभिनय छ ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ ।