काठमाडौं । क्यान एजुकेशन फाउण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनले आगामी भदौं १ गते राजधानीमा ‘जोजोलोप्पा फेशन रनवे २०१८’ आयोजना गर्ने भएको छ । नायिका सञ्चिता लुँइटेल र मोडल तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर शोटपर्सका रुपमा रहने फेशन शोबाट उठेको रकम बालबालिको सहयोगमा खर्च हुनेछ ।
शोमा एक दर्जन भन्दा बढी मोडलहरु ¥याम्पमा उत्रेन छन् । डिजाइनर प्रतिमा महर्जनको डिजाइनमा मोडलहरु ¥याम्प शोमा उत्रिनेछन् । फेशन शो गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफीमा हुनेछ । भण्डारीका अनुसार ललितपुरको इन्द्रणी ब्याक्वेटमा फेशन शो हुनेछ । भण्डारीले देश तथा विदेशमा सफल रुपमा कार्यक्रम आयोजना गरिसकेकी छिन् ।
फाउण्डेसनका अध्इक्ष रत्न राईले शोबाट उठेको रकम नेपालमा रहेका स्कुल जानबाट बञ्चित बालबालिकाहरुलाई खर्च गरिने बताए । क्यान एजुकेशनले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर सहयोग रकम संकलन गर्ने गरेको अध्यक्ष राईले जानकारी दिए । नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाका बालबालिकालाई सहयोग गर्दै आएको छ । संस्थाले १२ सम्मको अध्ययनका लागि सहयोग गर्ने गरको फाण्डेशनकी कोषाध्यक्ष सम्झना लामाले जानकारी दिइन ।