मस्तिष्कघातले अस्ताए ‘जदौ’ यज्ञनिधि

काठमाडौं । रेडियो नेपालबाट प्रसारण हुने साहित्यिक कार्यक्रम ‘साहित्य संसार’मा ‘जदौं’ सम्बोधनले चर्चित बनेका साहित्यकार दाहाल यज्ञनिधिको निधन भएको छ । किड्नीको समस्याबाट लामो समयदेखि पीडित रहँदै आएका यज्ञनिधिलाई मस्तिस्कघात भएपछि अस्पताल भर्ना गरिएका उनको अस्पतालमै निधन भएको हो । उनी ६५ वर्षको उमेरमा सुमेरु अस्पतालमा अस्ताए ।

मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना भएका थिए । दुई दशकअघि उनको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । गत बुधबार डायलायसिस गर्ने क्रममा बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो ।

मस्तिष्कघातका कारण उनी मण्डिखाटारस्थित निवासमा लडेका थिए । चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलायसिस गर्न सल्लाह दिएपछि उनलाई थप उपचारका लागि ललितपुरको सुमेरु अस्पताल लगिएको थियो ।