फ्राइडे नाइट तताउँदै धिरज–टिका

काठमाडौं । आगामी भदौ ८ गते राजधानीमा हुने ‘फ्राइडे नाइट विथ कलाकार’मा गायक धिरज राई र गायिका टिका प्रसाईलगायत करिब आधा दर्जन गायकगायिकाले दर्शक नचाउने भएका छन् । काठमाडौ बिजनेश पार्क टेकुअवस्थित मसला कटेज एण्ड लन्च बारमा आयोजना हुने कार्यक्रम नेपाल मोडलिङ संघको सहकार्यमा मसला कटेजले नै आयोजना गर्न लागेको हो ।

कार्यक्रममा गुन्जन श्रेष्ठ, उत्तम श्रेष्ठ, सरुना खत्रीलगायत कलाकारको समेत प्रस्तुति रहनेछ । कटेजका प्रबन्ध निर्देशक मिलेस रायले गायकगायिकाको लाइभ गीत संगीतमा दर्शकलाई मनोरञ्जन गराउने उदेश्यले कार्यक्रम गर्न लागिएको बताए । कार्यक्रममा दर्शकले फर्माइस गरेर समेत कलाकारलाई गाउँन लगाउन सक्नेछन् ।

गायक धिरजले नयाँ तथा पुराना हिट गीत आफुले कार्यक्रममा सुनाउने बताए । गायिका टिकाले पनि अहिलेको हिट गीत ‘माया लुकी लुकी’ लगायत केही गीत आफुले कार्यक्रममा प्रस्तुत गर्ने बताइन् ।