किशोर–अप्सराको आइटमसँगै सकियो सूर्यास्त

काठमाडौ । नायक किशोर खतिवडा र अप्सरा राईको आइटम नृत्यको छायांकनसँगै फिल्म ‘सूर्यास्त’को छायांकन सकिएको छ । राजधानीको गोंगबुमा रहेको एक रोधीघरमा आइटम गीतको छायांकन गरिएको हो । गीतमा दिनेश पाख्रिनको कोरियोग्राफी छ ।

राज बस्न्यातको निर्माण तथा निर्देशन रहेको फिल्ममा किशोर खतिवडा, प्रज्वल गिरी, अप्सरा राई, पनाह अधिकारी, रितेश श्रेष्ठ, काजी रम्तेललगायतको अभिनय छ ।त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा विकास चौधरी र जनम राईको संगीत, पनाह अधिकारीको पटकथा छ । फिल्म आगामी मंसीरमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।