रेनी समूहमाझ सनमले मनाइन् जन्मदिन

काठमाडौं । आगामी भदौ ८ बाट प्रदर्शनमा आउन लागेको ‘फिल्म रेनी’की नायिका, पटकथाकार तथा गीतकार सनम मल्लले आइतबार राजधानीमा एक कार्यक्रमका बीच जन्मदिन मनाएकी छिन् । फिल्मको प्रमोशनमा व्यस्त उनले सञ्चारकर्मी, आफन्त तथा फिल्म युनिट बीच केक काटिन् ।

उनले आफ्नो जन्मदिन भदौ ७ मा भए पति तिथी अनुसार आइतबार परेको बताइन् । उनलाई रेनीका अभिनेता दीपक ढकाल, हास्यकलाकार टंक डुम्रे, गीतकार गुरु भुटिया, निर्माता बिमला र संजीव मल्ललगायत संचारकर्मी तथा आफन्तले जन्मदिनको शुभकामना ब्यक्त गरेका थिए ।

त्रिकोणात्मक प्रेमकथाको रेनी गिरिश रिजालले निर्देशन गरेका हुन् । फिल्ममा सनमका साथमा दीपक ढकाल, सरोज खनाल, टंक डुम्रे, सुरवीर पण्डित, बिजय तिखातारीलगायतका कलाकारले अभिनय गरेका छन् । सनम रेनीले आफूलाई हिरोइन तथा फिल्म लेखकका रुपमा स्थापीत गराउनेमा बिश्वस्त छिन् ।