दाङमा शान्तिप्रियलाई राष्ट्रिय सम्मान

दाङ । चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले सोमबार संस्थाको वार्षिकोत्सवको अवसर पारेर पत्रकार शान्तिप्रियलाई ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७५’बाट सम्मानित गरेको छ । संघको वार्षिकोत्सबमा विगत २ दशकदेखि रंगपत्रकारितामा क्रियाशिल रहि पत्रकारिताको माध्यमबाट चलचित्र क्षेत्रको विकासमा अतुलनीय योगदान पु¥याएकामा रंगपत्रकार एवं साहित्यकार शान्तिप्रियलाई सम्मान गरिएको हो ।

त्यस्तै दाङ जिल्लामा जन्मिएर १ दशकदेखि कलाकारिताको माध्यमबाट गीतसंगीत र फिल्म क्षेत्रमा योगदान दिएका युवा नायक पल शाहलाई ‘चलचित्र पत्रकार संघ, कलाकारिता सम्मान २०७५’ सम्मानित गरिएको छ । जिल्लामा नै रहि विगत १ दशक भन्दा बढी समय देखि चलचित्र पत्रकारितामा कमल चलाउदै र चलचित्र सम्बन्धि रेडियो कार्यक्रम सञ्चालन गर्दै आएका रंगपत्रकार शिव पुनलाई चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाका संस्थापक अध्यक्ष किशन रेग्मीले आफ्ना हजुरबुबाको सम्झनामा स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशिको ‘देवलोचन स्मृति चलचित्र पत्रकारिता पुरस्कार २०७५’ बाट पुरस्कृत गरिएको छ ।

वार्षिकोत्सबमा नायक पल शाह, गायक कृष्ण काफ्ले, गायिका सहिमा श्रेष्ठ, संगीतकार सन्तोष श्रेष्ठ, प्रेम विवश घर्तीले सांगीतिक प्रस्तुति दिएका थिए । संघका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा एवम् तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सँगीत बस्याल, नेपाल पत्रकार महासंघ केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले आफ्ना भनाई राखेका थिए ।