काठमाडौं । गत शुक्रबारबा रिलिज फिल्म ‘मिस्टर भर्जिन’ले उपत्यका बाहिर थप २३ हल पाएको छ । फिल्मका निर्देशक विशारद बस्नेतका अनुसार दर्शकहरूबाट पाएको सकारात्मक प्रतिक्रिया कै कारण मंगलबारबाट उपत्यका बाहिर थप २३ हल पाएको हो ।
बस्नेतले काठमाडौंका मल्टिप्लेक्सहरुमा पनि थप शोहरु थपिएको बताए । ‘फिल्मलाई लिएर दर्शकहरूबाट राम्रो प्रतिक्रिया आइरहेकै कारण थप हलहरू बढेको छ । अझ आगामी दिनमा दर्शकको राम्रो उपस्थिति रहने विश्वास हामीमा छ ।’ उनले भने ।
यो फिल्म तीन युवाको यौन मनोविज्ञानमा आधारित छ । वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दीप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् ।