पुर्णलाई कमलाको यो तन यो मन

काठमाडौं । गायिका रेश्मा पुन मगरको स्वर रहेको गीत ‘यो तन यो मन’ सार्वजनिक भएको छ । विदेशमा छायांकन गरिएको गीतमा पूर्ण सुब्बा र कमला राईले फिचरिङ गरेका छन् ।

गीतमा डब्बु क्षत्रीको शब्द र सन्तोष श्रेष्ठको संगीत छ । गीतमा जुगल डंगोलको एरेञ्जमेन्ट छ । भिडियोमा सुजन न्यौपानेको छायांकन, अशोक मल्लको सम्पादन र डब्बु क्षत्रीको निर्देशन छ ।