मरुभूमिमा सत्याकृतको जिन्दगी

काठमाडौं । आध्यात्मिक सांगीतिक ब्याण्ड ‘सत्याकृत’ले नयाँ गीत ‘जिन्दगी’को भिडियो सार्वजनिक गरेको छ । रिलिज गीतको भिडियो दुबईको मरुभूमि र समुन्द्री किनारमा खिचिएको छ । ब्याण्ड मेम्बर विजय गौतमको शब्द र प्रजीत लामाको स्वर छ ।

भिडियोमा प्रकाश न्यौपानेको छायांकन र निशान घिमिरेको सम्पादन छ । पूर्विय, पश्चिमी, रक पप, शास्त्रिय, लोक, फ्यूजन शैलीका गीतहरुलाई प्रस्तुत गर्दै आएको ब्याण्डले अहिले भने सुफी शैलीको गीत ल्याएको हो ।