वाणिज्यदुत कृसुको चराको गीत

काठमाडौं । न्यूयोर्कमा नेपाल सरकारका वाणिज्यदुत तथा साहित्यकार कृसु क्षेत्रीको कविता संग्रह ‘चराको गीत’ न्यूयोर्कस्थित जेविस सेन्टर ज्याक्सन हाईट्समा लोकार्पण भएको छ ।

संग्रहको राजदूत डा. अर्जुनकुमार कार्कीले लोकार्पण गरेका थिए । युएसनेपाल अनलाईनको आयोजनमा भएको कार्यक्रममा साहित्यकार क्षेत्रीले आफ्नो रचनाको आरोह अवरोहको गाथा र केही उम्दा कविताहरु वाचन गरेका थिए ।

साहित्यकार क्षेत्रीका यसअघि ‘अर्धमुदित आँखाहरु’, ‘बोधिसत्वको मृत्यूउत्सव’, ‘आगोको मुर्छना’, ‘रगतको दरबार’, ‘म्यानमामा नेपाली भाषा, साहित्य र संस्कृति, जापानमा नेपाली भाषा र साहित्य’ र ‘चौध वर्षपछि’कृतिहरु प्रकाशित छन् ।

उनी ‘युवा वर्ष मोती पुरस्कार’, ‘राष्ट्रिय प्रतिभा पुरस्कार’, ‘गजलश्री सम्मान’, ‘राष्ट्रिय कविता महोत्सव’, ‘राष्ट्रिय युवा प्रतिभा पुरस्कार’लगायतका पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।