गीत गजल गाउँदै रुप–आरोही

काठमाडौं । फिल्म ‘जोनी जेन्टलमेन’बाट निर्देशनमा डेब्यु गरेका निर्देशक नितिन चन्दले नयाँ फिल्म ‘गीत गजल’ निर्देशन गर्ने भएका छन् । डेब्यु फिल्ममा पल शाह र आँचल शर्मालाई प्रमुख भूमिकामा अभिनय गराएका नितिन यसपटक फिल्ममा नयाँ दुई अनुहारलाई डेब्यु गराउँदैछन् । उनको फिल्ममा रुप पोखरेल र आरोही सिंहले डेब्यु गर्न लागेका हुन् ।

महंगो बजेटमा निर्माण हुने प्रेमकथाको फिल्ममा आरोहण क्षेत्रीको लगानी रहनेछ । निर्देशत नितिनका अनुसार फिल्मका लागि अन्य कलाकार फाइनल हुन बाँकी छ ।

आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायांकन, अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहने छ । हाल प्रिप्रोडक्सनमा रहेको फिल्म भदौको अन्तिम साताबाट फ्लोरमा जानेछ ।