अष्ट्रेलियामा सूर्यासँग कबिरको मायाप्रेम

काठमाडौं । फिल्म ‘लम्फू’बाट डेब्यु गरेका नायक कविर खड्का नयाँ फिल्म ‘तिमी र म’ मा अनुबन्धित भएका छन् । उनले यो फिल्ममा नयाँ नायिका सूर्या थापासँग अनस्क्रिन रोमान्स गर्नेछन् ।

अंग्रेजी नयाँवर्ष २०१९ को जनवरीबाट फ्लोरमा जाने फिल्म नेपाली र अष्ट्रेलियाली निर्देशकले निर्देशन गर्नेछन् । अष्ट्रेलियामा छायांकन गरिने प्रेमकथाको फिल्म नेपाली निर्देशक सरोज पोखरेल र अष्ट्रेलियन निर्देशक मेट विल्लिम्सले निर्देशन गर्नेछन् ।

अनेक सपना साँचेर अष्ट्रेलिया पुगेका युवाहरुको कथा बोल्ने फिल्म एनएसएम क्रियशनको ब्यानरमा निर्माण हुनेछ । फिल्ममा कमला पोखरेल, चन्द्रबहादुर खड्का र भुषण पोखरेलको लगानी हुनेछ ।