अनुभवको हेराईमा प्रियंका मनकी उजेली

काठमाडौं । हाल हलमा सफलताका साथ प्रदर्शनरत फिल्म ‘नाइँ नभन्नु ल ५’का कलाकार अनुभव रेग्मी र प्रियंका कार्की अभिनित म्युजिक भिडियो ‘मनकी उजेली’ सार्वजनिक भएको छ । भिडियोमा अनुभव र प्रियंकासँगै आयुष्मान डिएस जोशी पनि फिचर्ड छन् ।

प्रियंकाको माया पाउने प्रयत्न गरिरहेका आयुष्मानको तगारोका रुपमा अनुभव छन् । म्युजिक भिडियोमा अनुभवलाई केहि भिन्न रुपमा प्रस्तुत गरिएको छ । नारायण भण्डारी ’जनकपुरी’ को शब्द र संगीत रहेको गीतमा दीपक महर्जनको स्वर रहेको छ ।

सुबोल थापाको कोरियोग्राफी रहेको गीतलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । विकास धमलाको सम्पादन रहेको भिडियोमा निकेश खड्काको निर्देशन छ ।