अनुरागमा संगीत सिक्न एलिजाको संघर्ष

काठमाडौं । आगामी असोज १२ गते प्रदर्शनमा आउने फिल्म ‘अनुराग’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा संगीत सिक्न नायिका एलिजा गौतमले गरेको संघर्ष र त्यो संघर्षका दौरान आउने उतारचढावलाई देखाइएको छ । ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्ममा एलिजाकै लगानी छ ।

ट्रेलरमा अनु र राग नामका दुई पात्रको बाल्यवस्थादेखि वयस्कसम्मको प्रेमलाई देखाइएको छ । फिल्ममा एलिजाको अपोजिटमा समुन्द्र पण्डित छन् । दुवैको यो डेब्यु फिल्म हो ।

सत्यराज चौलागाईले निर्देशन गरेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राणा, राजाराम पौडेल, शिशिर राणा, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ ।