धुम ३ मा आइते जयकिशनको काइते काम

काठमाडौं । आगामी असोज ५ गते रिलिज हुने फिल्म ‘धुम ३’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका प्रमुख नायक जयकिशन बस्नेतको एक्सनलाई प्राथमिकता दिइएको छ । फिल्ममा ‘आइते’ चरित्रमा देखिएका जयकिशनले ‘काइते’ काम गर्ने ट्रेलरमा बताएका छन् ।

जयकिशनकै लेखन, निर्माण र निर्देशन रहेको फिल्ममा जान्वी बोहोरा र ब्रबिम बस्नेत प्रस्तुतकर्ता छन् । फिल्ममा जयकिशनसँगै एलिना रायमाझी, शोभित बस्नेत, लय संग्रौला, प्रज्जवल गिरी, उत्तम केसी, सुरवीर पण्डित र सिम्रन कार्कीलगायतको अभिनय छ ।

फिल्ममा जीवन श्रेष्ठको छायांकन, सुनिल विष्टको सहनिर्माण, तुलसी बास्कोटाको सम्पादन, टंक बुढाथोकी र ओम सुनारको संगीत, हिमाल केसीको द्वन्द्व छ ।