मिनाको नजरमा अहिलेको तीज यस्तो

काठमाडौं । पछिल्लो समयमा पाश्र्व गायनमा उदाएकी गायिका मिना निरौलाको स्वरमा तीज गीत ‘अहिलेको तीज’ को भिडियो सार्वजनिक भएको छ ।

श्रीषा पौडेलको शब्द, शंकर थापाको संगीत रहेको गीतको भिडियोमा मिनासँगै कविता शर्मा, सुप्रिया कटुवाल, जैना कुँवर र ओइपिएल समूहको नृत्य छ ।

समन अधिकारीले निर्देशन गरेको भिडियोमा निरोज श्रेष्ठको छायांकन, सुरेश पाण्डेको कोरियोग्राफी र विकास धमलाको सम्पादन छ ।