यचुश्री नयाँ किड क्विन–२०१८

काठमाडौं । १६ औं संस्करणको किड क्विन नेपाल–२०१८ को उपाधि मध्य वानेश्वरकी यचुश्री श्रेष्ठले जितेकी छिन् । शनिवार सा“झ काठमाडौंमा सम्पन्न ग्राण्ड फिनालेमा यचुश्रीले प्रतिस्पर्धि १५ जना बालिका तथा किशोरीहरुलाई पछि पार्दै दश हजार रुपैया“ राशीको उपाधिसहित विभिन्न पुरस्कारहरु प्राप्त गरिन् ।

जेम्स स्कूलमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया यचुश्रीले पहिलो पटक प्रतिस्पर्धा गरेको प्रतियोगितामै सफलता हासिल गरेकी हुन् । आफ्नो अल राउण्डर प्रस्तुती तथा कन्फिडेन्सले नै आफूलाई विजेता बनाएको धारणा व्यक्त गर्ने यचुश्रीले भविष्यमा वकिल बन्ने लक्ष्य लिएकी छिन् । १६ जना बालिका तथा किशोरीहरुले भाग लिएको उक्त प्रतियोगितामा नया“ बजारकी लूमिला जोशीले फस्ट रसर्न अपको उपाधिसहित नगद सात हजार रुपैया“ जितिन् भने तथा स्वेना श्रेष्ठले सेकेण्ड रनर्स अपको उपाधि जित्न सफल भइन् ।

प्रतियोगितामा अपेक्षा शेरचनले मिस फ्रेण्डसिप, वृक्षा गुरुङले मिस चार्मिङ, जेनिशा तामाङले मिस स्माइल, ओजस्वी महर्जनले बेस्ट स्किन, दीया नापितले बेस्ट हेयर, समद्धि श्रेष्ठले मिस पञ्चुअल, प्रिया श्रेष्ठले मिस इलिगेन्ट, नसाना महर्जनले मिस फोटोजेनिक, डोल्मा छिरिङ गुरुङले मिस पर्सनालिटी, एञ्जेल खत्रीले मिस डिसिप्लिन, यचुश्री श्रेष्ठले बेस्ट डे«ेस, इशा श्रेष्ठले मिस ट्यालेन्ट तथा अपेक्षा शेरचन र अनुभूति गिरीले मिस सोसल वेलफेयर एम्बेसडरको उपाधि जित्न सफल भए ।

९ देखि १४ वर्ष उमेर समुहका प्रतिस्पर्धिहरुको उक्त प्रतियोगितामा सञ्चारकर्मीद्वय कृष्ण भट्टराई तथा डब्बु क्ष्ँेत्री, ब्युटिसियन मञ्जु कार्की पाण्डे, नमूना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीवेश्वर लाल श्रेष्ठ, मिस नेवाः की फस्ट रनर्स अप सरिसा श्रेष्ठ, नेपाल क्यूकोसिन सेसिन केइकन करा“ते एसोसिएसनका अध्यक्ष अशोक श्रेष्ठ, फोटोग्राफर शिवलाल श्रेष्ठ निर्णायकको रुपमा रहेका थिए । आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बालिका तथा किशोरीहरुको प्रतिभा प्रस्तुतिका लागि उक्त प्रतियोगिता आयोजना गरिएको बताइन् । रोजिन शाक्यले उक्त प्रतियोगितामा कोरियोग्रँफी गरेका थिए ।