अविवाहित राजेशपायलको कसलाई आइ लभ यु ?

काठमाडौं । भर्सटायल गायक राजेशपायल राई अविवाहित छन् भन्ने कुरा सबैलाई जगजाहेर नै छ । आफू अविवाहित भए पनि उनले कोही युवतीलाई ‘आइ लभ यु’ भनेका छन् । तर कसलाई उनको आइ लभ यु हो त्यो खुल्न सकेको छैन ।

राजेशको एल्बम ‘दर्शन नमस्ते ३’ मा समावेश गीत ‘आई लभ यु’मा राजेशपायलको प्रेम चाहना बुझ्न सकिन्छ । गीतमा नवराज लम्सालको शब्द, सन्तोष राजको संगीत, एसित त्रिपाठीको एरेन्ज तथा किशोर थापाको मिक्सिङ रहेको छ ।

अनु शाह र विजय तामाङको फिचरिङ गरेको भिडियोमा अजय रेग्मीको छायांकन, दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन छ ।